संसदमा हर्क साम्पाङको प्रश्नः सरकार कहाँ छ ? सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ?
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसद बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेका छन्।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङलाई बोल्न समय दिएका थिए। साम्पाङले सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने भन्दै जनताका समस्या उठाउन प्रधानमन्त्री र मन्त्रीहरू बैठकमा आउनुपर्ने बताए।
उनले सीमा समस्या, महँगी, सहकारी पीडितको पैसा फिर्ता र सुकुम्बासी व्यवस्थापनबारे सरकारसँग प्रश्न सोध्न चाहेको बताए। “हामी ५/६ वटा प्रश्न सोध्न चाहन्छौँ । तर सरकारका मान्छेहरू प्रश्नबाट भागिरहेका छन्,” साम्पाङले भने।







