चीन पुगे पुटिन, सी चिनफिङसँग महत्वपूर्ण भेटवार्ता हुने
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि चीन पुगेका छन्। मंगलबार राति बेइजिङ पुगेका पुटिनलाई चीनका विदेशमन्त्रीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन्। दुई नेताबीच रुस–चीन सम्बन्ध, व्यापार, ऊर्जा र विश्व राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
चीनको विदेश मन्त्रालयका अनुसार पुटिनले चिनियाँ प्रधानमन्त्रीसँग पनि भेट गर्न सक्नेछन्। चीन जानुअघि पुटिनले रुस र चीनबीचको सम्बन्ध निकै बलियो बनेको बताएका थिए। उनले दुई देशबीच विश्वास र सहकार्य बढ्दै गएको उल्लेख गरेका छन्।
विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि पुटिनको बेइजिङ यात्रा हुनु महत्वपूर्ण मानिएको छ। यसले चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको संकेत गरेको बताइएको छ।
रुस र युक्रेनबिच युद्धजारी रहेका बेला चीनले विश्व राजनीतिमा आफ्नो प्रभाव थप बढाउन खोजिरहेको विश्लेषण गरिएको छ।







