डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

User Image Prime TV News १ हप्ता अगाडि
Image of डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

काठमाडौ । संसदीय सुनुवाइ समितिले डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया पूरा गरेपछि उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। सुनुवाइका क्रममा समितिका सदस्यहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए। डा. शर्माले उठाइएका प्रश्नको जवाफ दिएपछि समितिले निर्णय गरेको हो।

समितिबाट अनुमोदन भएपछि अब डा. शर्मा प्रधानन्यायाधीश नियुक्त हुने प्रक्रिया अगाडि बढ्नेछ।