सङ्घीय संसद्का दुवै सदनका बैठक आज बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of सङ्घीय संसद्का दुवै सदनका बैठक आज बस्दै

काठमाडौ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम पनि रहेको छ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको कार्यभार थप सम्बन्धी पत्रको विवरण पढेर सुनाउनेछन्। राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने तथा सांसदहरूले उठाएका विषयमा अर्थमन्त्री डा. वाग्लेले जवाफ दिने कार्यसूची तय गरिएको छ।