प्रधानन्यायाधीश सिफारिसविरुद्ध उजुरी दिने समय सकियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिने समय सोमबार सकिएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्तिपूर्व संसदीय सुनुवाइ हुने भएकाले सार्वजनिक रूपमा उजुरी आह्वान गरिएको थियो। संसद् सचिवालयका अनुसार प्राप्त उजुरीहरू मंगलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई उपलब्ध गराइनेछ। त्यसपछि बुधबार शर्मासँग उजुरीबारे प्रश्न सोध्ने र जवाफ लिने तयारी गरिएको छ।
समितिले बुधबार नै उनको सिफारिस अनुमोदन गर्ने विषयमा निर्णय लिन सक्ने बताइएको छ। अनुमोदन भएमा उनले बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिएर पदभार सम्हाल्न सक्नेछन्। नेपालको संसदीय सुनुवाइ इतिहासमा यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी मात्रै अस्वीकृत भएका थिए। अन्य सिफारिसहरू भने पारित हुँदै आएका छन्।
हालको राजनीतिक अवस्था र समितिको समीकरणका आधारमा शर्माको सिफारिस अनुमोदन हुने सम्भावना बढी देखिएको छ।







