निजी क्षेत्रमाथि दबाब बढाएको कांग्रेसको आरोप

User Image Prime TV News १ हप्ता अगाडि
Image of निजी क्षेत्रमाथि दबाब बढाएको कांग्रेसको आरोप

काठमाडौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफलमा बोल्दै उनले सरकार ‘पहिला थुन्ने अनि मात्र सुन्ने’ नीतिमा अघि बढेको टिप्पणी गरे। राईले अर्थमन्त्रीले उद्योगी व्यवसायीलाई बिना कारण नथुन्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा निजी क्षेत्रमाथि नै बढी दबाब परेको बताए।

उनले केही उद्योगीहरू पक्राउ परेर पछि अदालतको आदेशबाट छुटेको उदाहरण दिँदै सरकारले प्रतिशोधको भावनाले काम गरेको आरोप लगाए। सरकारको बोली र व्यवहार फरक देखिएको भन्दै उनले निजी क्षेत्रको मनोबल कमजोर बनाइएको बताए।

राईले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि त्यसलाई पूरा गर्ने आधार कमजोर रहेको दाबी गरे। उनले चिया निर्यात घटेको उल्लेख गर्दै सरकारले व्यापारिक समस्या समाधानमा प्रभावकारी पहल नगरेको पनि बताए।