हर्क साम्पाङको चेतावनी: ‘प्रधानमन्त्री नआए बैठक छाड्छौँ’

User Image Prime TV News १ हप्ता अगाडि
Image of हर्क साम्पाङको चेतावनी: ‘प्रधानमन्त्री नआए बैठक छाड्छौँ’

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा उपस्थित नभए आफ्नो पार्टीले बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिनुपर्ने बताए।

“आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन,” भन्दै साम्पाङले प्रधानमन्त्रीको ठाउँमा अरू मन्त्रीले जवाफ दिनु उचित नहुने टिप्पणी गरे। उनले प्रधानमन्त्रीबाहेक अरू कसैको जवाफ नसुन्ने अडानसमेत राखे। उनका अनुसार नीति तथा कार्यक्रम सरकार प्रमुखकै भएकाले उत्तर पनि उहाँले नै दिनुपर्छ।

सांसद साम्पाङले प्रधानमन्त्री संसद्‌मा उपस्थित भएर जनप्रतिनिधिको प्रश्न सुन्न र जवाफ दिन आवश्यक रहेको बताए।