एमालेले शनिबार सचिवालय बैठक बोलायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमालेले शनिबार सचिवालय बैठक बोलायो

काठमाडौ । नेकपा एमालेले शनिबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो।

पार्टीका सचिव भानुभक्त ढकालका अनुसार बैठकको स्थान भने अझै टुंगो लागिसकेको छैन। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बैठक कहाँ बस्ने भन्ने निर्णय गरिने उनले बताएका छन्। ढकालले भनेका छन्, “अध्यक्षको स्वास्थ्य बाहिर निस्कन मिल्ने वा नमिल्ने अवस्थापछि बैठकस्थल निर्धारण गरिनेछ।”

पार्टीका अनुसार ओलीको हालै पित्तथैलीको शल्यक्रिया भएको र उनी अहिले आराम गरिरहेका छन्। यद्यपि उनी घरमै भेटघाटलगायतका गतिविधिमा भने संलग्न छन्। यसअघि ओली पक्राउ परेपछि रामबहादुर थापाले एमालेको कार्यवाहक जिम्मेवारी सम्हालेका थिए।

एमालेले हालसम्म निर्वाचनको औपचारिक समीक्षा भने गरेको छैन। पहिले तल्ला तहका कमिटीहरूले समीक्षा गरेपछि मात्रै केन्द्रले समग्र मूल्यांकन गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।