प्रधानमन्त्रीको अनुपस्थितिमा राप्रपाको आपत्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्रीको अनुपस्थितिमा राप्रपाको आपत्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्वु ओलीले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी बन्न नखोजेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा प्रधानमन्त्रीको अनुपस्थिति अनौठो भएको बताइन्।

उनका अनुसार यस्तो महत्वपूर्ण समयमा प्रधानमन्त्री संसदमा उपस्थित भएर आफ्ना धारणा राख्नुपर्ने हुन्छ। तर प्रधानमन्त्रीले संसद्लाई पर्याप्त महत्त्व नदिएको जस्तो देखिएको उनको भनाइ छ।ओलीले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्दै उपस्थित नभएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्।