प्रतिनिधिसभा बैठकमा आज पनि प्रधानमन्त्री नजाने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भए पनि प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन्।
बुधबारको बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन सभामुखसँग मागसमेत गरेका थिए। विरोधका कारण बुधबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले दिनेछन्। प्रधानमन्त्री लगातार बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरूले सरकारको आलोचना गरिरहेका छन्। आजको बैठकमा पनि विपक्षी दलहरूले विरोध जारी राख्ने सम्भावना रहेको छ।








