सरकारसँग जनताको ठुलो अपेक्षा छ, जनभावना बुझेर जिम्मेवार ढंगले काम गर : बाबुराम भट्टराई

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारसँग जनताको ठुलो अपेक्षा छ,  जनभावना बुझेर जिम्मेवार ढंगले काम गर : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान नयाँ सरकार र नेतृत्वप्रति जनतामा ठूलो अपेक्षा र भरोसा रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले देशमा ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ नेतृत्वलाई जनताले आशाको दृष्टिले हेरेको उल्लेख गरेका हुन्। गाउँ–गाउँसम्म पुग्दा समेत नागरिकमा परिवर्तन, स्थायित्व र सुशासनप्रतिको तीव्र अपेक्षा देखिएको उनको भनाइ छ।

भट्टराईले सरकारका सबै सम्बन्धित पक्षलाई जनभावना बुझेर जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन्। उनले नेतृत्वले तत्कालीन राजनीतिक स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

यस क्रममा उनले महान् वैज्ञानिक न्युटनको चर्चित भनाइ उद्धृत गर्दै वर्तमान नेतृत्वलाई दूरदृष्टि अपनाउन सुझाव दिएका छन्। “मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु,” भन्ने न्युटनको भनाइ स्मरण गराउँदै भट्टराईले अहिलेको नेतृत्वले अघिल्ला पुस्ता र संघर्षको योगदानलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।