प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले पूर्व निजी सचिव प्रकाश अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । यसअघि सभामुखको निजी सचिव रहि सकेका अधिकारीलाई सभामुख अर्यालले प्रतिनिधिसभा सचिवमा सिफारिस गरेका थिए ।

अधिकारी यसअघि उपसचिव पदबाट हालै सेवा निवृत्त भएका व्यक्ति हुन्। उनी सभामुख अर्याल श्रम तथा रोजगार मन्त्री हुँदा पनि निजी सचिवको रूपमा कार्यरत थिए। संविधानको धारा १०६ अनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ।

तर अधिकारीको नियुक्ति भने हालसम्म औपचारिक रूपमा भइसकेको छैन। यसअघि सभामुख हुँदा देवराज घिमिरेले हर्कराज राईलाई सचिव नियुक्त गरेका थिए।