प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनलाई मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिले निर्णय गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिव सम्बन्धी ऐन, २०७५ अनुसार उनलाई पदबाट हटाइएको हो।