नेपाल–भारत कानुनी सहायता सम्झौता संसदमा पेश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल र भारतबीच भएको फौजदारी विषयमा कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेश गरिएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा सोबिता गौतमले उक्त सम्झौता संसद्मा पेश गरेकी हुन्।
मन्त्री गौतमले सम्झौताले अपराध गरेर अर्को देशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन सहयोग पुग्ने बताइन्। उनका अनुसार अपराधीलाई कारबाही गर्न र गैरकानुनी रूपमा कमाएको सम्पत्ति फिर्ता गर्न पनि यो सम्झौता उपयोगी हुनेछ।
यसले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको विश्वास छ।







