नेप्से ३९ अंकले घट्यो, कारोबार ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साताको दोस्रो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आज ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको छ। यो करिब १.४१ प्रतिशतको गिरावट हो।
आज बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। २५१ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मात्र बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले घटेर ४६८.२६ विन्दुमा पुगेको छ।
१३ उपसूचकमध्ये १२ वटामा गिरावट आएको छ भने एउटामा मात्र वृद्धि देखिएको छ। आज बजारमा कुल ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। ३३८ कम्पनीका १ करोड ६ लाखभन्दा बढी कित्ता शेयर ६२ हजारभन्दा बढी पटक किनबेच भएका छन्। बजार घटेको दिन पनि एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।







