नेपाली बजारमा सुन सस्तो, चाँदी महँगियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार सुन प्रतितोला ४०० रुपैयाँले सस्तो भएको हो।
आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार सुनको मूल्य दुई लाख ९८ हजार ९०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य भने बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा घटबढ हुने गर्छ।







