पीएसजीले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्व १–० को कठिन जित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्व १–० को कठिन जित निकालेको छ । आइतबार पार्क डेस प्रिन्सेसमा डिसिरे डुएले दोस्रो हाफमा गरेको एकमात्र गोल घरेलु टोली पीएसजीलाई जित दिलाउन पर्याप्त बन्यो ।
उनले ८२औँ मिनेटमा लुकास हर्नान्डेजको पासलाई गोलमा परिणत गरेका थिए । जितसँगै पीएसजीले ३२ खेलमा ७३ अंक जोडेको छ । यो दोस्रो स्थानको लिसको भन्दा ६ अंक बढी हो । यता, पराजित ब्रेस्ट ३२ खेलबाट ३८ अंकका साथ १२औँ स्थानमा छ ।







