नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले आज सोमबार मन्त्रिपरिषद् बैठक बोलाएको छ। बैठक बिहान साढे १० बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ।
पारित भएपछि सरकारले आजै संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेश गर्ने तय भएको छ। सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा छ। यसमा सरकारले आगामी वर्ष गर्ने मुख्य काम, योजना र प्राथमिकता समेटिने गर्छ।







