नेता मारिए स्वतः आणविक हमला गर्ने उत्तर कोरियाको नयाँ नीति

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेता मारिए स्वतः आणविक हमला गर्ने उत्तर कोरियाको नयाँ नीति

काठमाडौ । उत्तर कोरियाले संविधान संशोधन गर्दै आफ्ना नेता मारिए वा नेतृत्व प्रणाली ध्वस्त भए स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको खबर सार्वजनिक भएको छ।

उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधनलाई अनुमोदन गरेको  बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले यसै हप्ता सरकारका वरिष्ठ अधिकारीहरूलाई यसबारे जानकारी गराएको समाचारमा उल्लेख छ ।

अमेरिकी सञ्चारमाध्यम ‘फक्स न्युज डिजिटल’ले ‘द टेलिग्राफ’लाई उद्धृत गर्दै उत्तर कोरियाले नयाँ संवैधानिक प्रावधान लागू गरेको जनाएको हो।

रिपोर्टअनुसार नयाँ व्यवस्थामा देशको आणविक कमान्ड प्रणालीमाथि हमला भए तत्काल स्वचालित रूपमा आणविक आक्रमण सुरु हुने उल्लेख गरिएको छ।

इरानका सर्वोच्च नेता अली खामेनी र अन्य अधिकारीहरूको हालैको द्वन्द्वका क्रममा हत्या भएपछि बढेको विश्व तनावको बीच आएको बताइएको छ। इरानका सर्वोच्च नेता खामेनी यस वर्ष अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीका क्रममा मारिएको दाबी गरिएको छ।

उत्तर कोरियाको सर्वोच्च जनपरिषद्ले मार्च २२ मा सुरु भएको अधिवेशनमार्फत यो संशोधन अनुमोदन गरेको बताइएको छ। दक्षिण कोरियाको गुप्तचर निकायले पनि यसबारे आफ्ना सरकारी अधिकारीलाई जानकारी गराएको समाचारमा उल्लेख छ।

यसअघि पनि उत्तर कोरियाले संविधान संशोधन गर्दै दक्षिण कोरियासँगको सीमालाई औपचारिक रूपमा उल्लेख गरेको थियो। साथै दुई कोरियाबीच पुनः एकीकरणको अवधारणासमेत हटाइएको बताइएको छ।

उत्तर कोरियाली नेता  किम जोङले हालै दक्षिण कोरियालाई “सबैभन्दा शत्रुतापूर्ण राज्य” भन्दै आणविक क्षमता अझ बलियो बनाउने बताएका थिए।