टर्किस एयरलाइन्सको विमानमा आगो, सबै यात्रु सुरक्षित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । टर्किस एयरलाइन्सको विमान काठमाडौमा अवतरण गर्ने क्रममा आगलागी भएको छ। आगो अहिले नियन्त्रणमा लिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन्। यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। इस्तानबुलबाट काठमाडौं आएको TK726 विमान आज बिहान पौने ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो। विमानमा चार बालबालिकासहित २७७ यात्रु रहेका थिए। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। विमानमा केही शव र यात्रुका सामान पनि रहेको बताइएको छ। आगलागीपछि विमान धावनमार्गमै रोकिएको छ, जसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।







