निर्वाचन आयोगले नयाँ निर्वाचन ऐनको मस्यौदामा छलफल गर्न दलहरूलाई बोलायो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग निर्वाचनसम्बन्धी नयाँ कानुनको मस्यौदाबारे छलफल गर्ने भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले भोलि बिहान ११:३० बजे दलहरूलाई छलफलका लागि बोलाएको हो। छलफलमा निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने गरी तयार गरिएको विधेयकको मस्यौदाबारे राय–सुझाव लिइनेछ।
आयोगले सातवटा फरक–फरक निर्वाचनसम्बन्धी ऐनलाई एकीकृत गर्ने गरी तयार पारेको मस्यौदा २०८० असार १८ गते सरकारलाई पठाएको थियो। तर उक्त मस्यौदा लामो समय गृह मन्त्रालयमा अड्किएको थियो। पछि संसद् विघटन भएपछि मस्यौदा पुनः निर्वाचन आयोगमै फिर्ता गरिएको थियो।
यसअघि आयोगले वैशाख १५ गते नै राजनीतिक दलहरूलाई पत्र पठाएर मस्यौदामा सुझाव दिन आग्रह गरेको थियो।







