मधेश प्रदेश सरकारलाई चार दलको समर्थन, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of मधेश प्रदेश सरकारलाई चार दलको समर्थन, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौ ।  मधेस प्रेदशमा जनमत पार्टीले समर्थन फिर्ता लिए पनि कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालको संयुक्त बैठकले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकले मुख्यमन्त्री यादवलाई छिट्टै विश्वासको मत लिनुपर्ने निर्णयसमेत गरेको छ। चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई स्थिर रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि गत वैशाख २२ गते जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो।

जनमतको समर्थन फिर्तापछि सरकारको बहुमतलाई लिएर प्रश्न उठिरहेका बेला चार दलको यो निर्णय आएको हो।