कम्युनिष्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड

User Image Prime TV News २ हप्ता अगाडि
Image of कम्युनिष्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड

काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिष्ट शक्तिप्रति जनताको विश्वास रहेको बताएका छन्। २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले श्रमजीवि वर्ग र कम्युनिस्टहरू फेरि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

प्रचण्डले पुराना कामको मात्रै चर्चा गरेर अहिलेको आवश्यकता पूरा नहुने भन्दै अब नयाँ ढंगले विचार, राजनीति र संगठन निर्माण गर्नुपर्ने बताए। उनले विगतमा कम्युनिस्ट एकताको प्रयास हुँदा जनताले पनि उत्साहका साथ समर्थन गरेको स्मरण गरे। उनका अनुसार त्यतिबेला कम्युनिस्ट शक्तिहरू निर्वाचनमा दुईतिहाइ नजिक पुगेका थिए।

प्रचण्डले नेपालका श्रमजीवि जनता कम्युनिस्टहरूबीच एकता चाहिरहेको बताए। तर नेतृत्व तहमा भएका कमजोरीका कारण त्यो एकता टिक्न नसकेको उनको भनाइ थियो। उनले अहिले देश अप्ठेरो अवस्थामा पुगेको र बाह्य हस्तक्षेप बढिरहेको दाबी पनि गरे।

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन आत्मसमीक्षा गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।