देशभर मनसुनी र स्थानीय वायुको प्रभाव, आजदेखि वर्षा र मेघगर्जनको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी र स्थानीय वायु सक्रिय रहेको जानकारी दिएको छ। यसका कारण आज दिउँसोदेखि देशभरको मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ।
विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने चेतावनी जारी गरिएको छ। मधेश प्रदेशका केही क्षेत्रमा समेत वर्षा हुने अपेक्षा गरिएको छ।
आज राति पनि देशभर मौसम बदली नै रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग तथा मधेश प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने पूर्वानुमान छ। साथै, केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम विभागले सम्बन्धित क्षेत्रका जनतालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।













