चलचित्र ‘लालीबजार’ विरुद्ध माइतीघरमा प्रदर्शन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौको माइतिघरमा चलचित्र ‘लालीबजार’ विरुद्ध आइतबार विरोध प्रदर्शन गरिएको छ। बादी समुदायका प्रतिनिधि र अधिकारकर्मीहरूले चलचित्रले आफ्नो समुदायको मानमर्दन गरेको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।
उनीहरूको दाबी अनुसार चलचित्रले बादी समुदायको इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउने काम गरेको छ। प्रदर्शनकारीहरूले “बादी जातिको सम्मान कायम गर” र “लालीबजार चलचित्र बन्द गर” लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।
उनीहरूले चलचित्रको निर्माण र प्रदर्शन तत्काल रोक्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूका अनुसार चलचित्रमा देखाइएका केही दृश्यहरूले समुदायको इज्जत र नैतिकतामाथि चोट पुर्याएको छ।







