लिग-२ शृंखलाका लागि नेपाली क्रिकेट टोली घोषणा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग हुने त्रिकोणात्मक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीमा ओमान र यूएईसँगको अघिल्लो शृंखलाबाट एक परिवर्तन गरिएको छ। बसिर अहमदको स्थानमा इशान पाण्डे टोलीमा समावेश भएका छन्। इशानले पहिलो पटक एकदिवसीय टोलीमा स्थान पाएका हुन्। यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका थिए।
उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।
नेपाली टोली:–
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।
नेपालले मंगलबारदेखि घरेलु मैदानमा शृंखला खेल्नेछ। पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अमेरिकासँग र बाँकी खेलहरू स्कटल्यान्ड र अमेरिकासँग खेल्ने तालिका छ।







