तमिलनाडुमा राजनीतिक परिवर्तन, विजय मुख्यमन्त्री बने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । तमिलगा भेट्री कड्गम (टीभीके)का अध्यक्ष सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएको दाबी गरिएको छ। आइतबार चेन्नईस्थित नेहरू रंगशालामा आयोजित कार्यक्रममा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
रिपोर्टअनुसार २३४ सदस्यीय विधानसभामा १२० विधायकको समर्थन पाएपछि विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो। शपथसँगै टीभीकेका केही वरिष्ठ नेतासहित ९ जनाले मन्त्री पदको शपथ लिएको पनि उल्लेख छ।
मुख्यमन्त्री बनेलगत्तै विजयले तीन प्रमुख निर्णयमा हस्ताक्षर गरेको बताइएको छ । तीमध्ये हरेक घरलाई २०० युनिटसम्म निःशुल्क बिजुली, लागूऔषध नियन्त्रणका लागि जिल्ला–स्तरीय विशेष टोली गठन, र महिलाको सुरक्षाका लागि विशेष टास्क फोर्स बनाउने योजना रहेको भनिएको छ।
यससँगै तमिलनाडुमा करिब ६ दशकदेखि डीएमके र एआईएडीएमकेको पालैपालो सत्ता चल्ने परम्परा अन्त्य भएको दाबी पनि गरिएको छ। यद्यपि, यो घटनाबारे आधिकारिक पुष्टि र विस्तृत विवरण सार्वजनिक स्रोतबाट थप स्पष्ट हुन बाँकी रहेको बताइएको छ।







