हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको विदाइ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन्।
बिदाइ कार्यक्रममा उनीहरूले नेपाल र साउदी अरेबिया बीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका थिए। साथै, हज यात्रामा सहभागी सबै नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित र मंगलमय यात्राको शुभकामना दिएका छन्।
उनीहरूले हजलाई इस्लाम धर्मावलम्बीहरूको गहिरो धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीकका रूपमा उल्लेख गरेका थिए। साथै यात्रुहरूको सुरक्षा, सहज व्यवस्थापन र आवश्यक सहकार्यमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
हरेक वर्ष विश्वभरबाट लाखौं मुस्लिम धर्मावलम्बी हजका लागि मक्का पुग्ने गर्छन्। नेपालबाट पनि प्रत्येक वर्ष सयौं मुस्लिम धर्मावलम्बी हज यात्रामा सहभागी हुने गरेका छन्।







