प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको आपत्ति, उपसभामुखको हस्ताक्षर खेदपूर्ण

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको आपत्ति, उपसभामुखको हस्ताक्षर खेदपूर्ण

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति आपत्ति जनाएका छन्। उनले संवैधानिक परिषद्को निर्णयमा पार्टीबाट गएकी उपसभामुख रुवी कुमारीले हस्ताक्षर गरेकोप्रति असन्तुष्टि जनाएका हुन्।

साम्पाङका अनुसार विधि र पद्धति मिचेर गरिएको निर्णयमा सहभागी हुनु खेदजनक छ। उनले चौथो वरीयतामा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गर्नु सरकारको ठूलो गल्ती भएको दाबी गरेका छन्।

साम्पाङले विज्ञप्ति जारी गर्दै बैठकमा एमसीसी र एसपीपी जस्ता विषय उठाएर दबाब सिर्जना गरिएको दाबीसमेत गरेका छन्। उनले श्रम संस्कृति पार्टीले विधि मिचेर गरिने निर्णयको विरोध गर्ने स्पष्ट पारेका छन्। यसैबीच, संवैधानिक परिषद्को बैठकमा भएको निर्णयमा केही सदस्यहरूले असहमति जनाएका छन्।