भ्रातृ संगठनमा कसैलाई पनि मनोनति गरिएको छैन: सभापति थापाको सचिवालय
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन गरिएको नभएको जनाएको छ। सामाजिक सञ्जालमा केही व्यक्तिहरूलाई नेतृत्वमा मनोनित भएको भन्दै बधाई आउने क्रममा सचिवालयले यस्तो स्पष्ट पारेको हो।
सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले भने, “कसैलाई पनि मनोनित गरिएको छैन। यो बेकारको हल्ला हो।” केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप नगर्दा पाँच भ्रातृ संगठनको नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यसमिति स्वतः विघटन भएको थियो।
अब सभापति थापाले यी पाँचवटै संगठनको महाधिवेशनका लागि नयाँ तदर्थ समिति बनाउनेछन्।







