मुद्दा फर्छ्यौटमा अगाडि भएकाले मनोज शर्मा सिफारिस : प्रधानमन्त्री

User Image Prime TV News २ हप्ता अगाडि
Image of मुद्दा फर्छ्यौटमा अगाडि भएकाले मनोज शर्मा सिफारिस : प्रधानमन्त्री

काठमाडौ । बालेन्द्र शाहले न्यायपालिकालाई प्रभावकारी बनाउन न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतमा लामो समयदेखि थाती रहेका मुद्दा छिटो टुंग्याउन सक्ने नेतृत्वको आवश्यकता देखेर शर्मालाई सिफारिस गरेको हो।

सचिवालयले डा. शर्मालाई न्यायपालिकाको इतिहासमै विद्यावारिधि गर्ने पहिलो न्यायाधीश भएको दाबी गरेको छ। साथै मुद्दा फर्छ्यौटमा पनि उनी अन्य न्यायाधीशभन्दा अगाडि रहेको उल्लेख गरिएको छ।

सर्वोच्च अदालतको तथ्यांकअनुसार शर्माले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा र निवेदन टुंगो लगाएका छन्। पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २ हजार १ सय ८१ मुद्दा किनारा लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले अन्य प्रस्तावित न्यायाधीशको तुलनामा शर्माको कार्यसम्पादन राम्रो देखिएको दाबी गरेको छ।