अर्जुननरसिंह केसी संसदीय दल नेताको निर्वाचन नलड्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताको निर्वाचन नलड्ने बताएका छन्। उनले सहमतिमा नेता चयन गर्ने भए अनुभव र वरिष्ठताको आधारमा आफ्नो दाबी रहने तर निर्वाचनमा भने नउत्रिने स्पष्ट पारेका हुन्।
केसीका अनुसार आफूका कारण दल नेता चयनमा ढिलाइ भएको भन्ने कुरा गलत हो। उनले यो विषयमा सुरुदेखि नै पार्टी नेतृत्वलाई आफ्नो धारणा बताउँदै आएको बताए। उनले दल नेता चयन गर्दा निश्चित मापदण्ड बनाएर सहमतिमै निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।
केसीले कर्णालीकी सांसद वासना थापालाई दलको नेता बनाउने सहमति भए आफू प्रस्तावक बन्न तयार रहेको पनि बताएका छन्।







