मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा आईजीपी कार्कीको अनुगमन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन्। आइतबार बिहानदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारका दुवै तर्फका बस्तीमा डोजर चलाएर खाली गराउने काम भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार भूमिविहीन नागरिकलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने कार्यको अवस्था बुझ्न आईजीपी कार्की जडीबुटीस्थित मनोहरा फाँटमा पुगेका हुन्। उनले त्यहाँको सुरक्षा अवस्था र स्थानान्तरण प्रक्रियाको अवस्था अवलोकन गरेर फर्किएका छन्।
सरकारी निकायहरूले जोखिमपूर्ण र अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत उक्त क्षेत्रमा काम जारी राखेका छन्।







