डा. बाबुराम भट्टराईको फेसबुक पेजमा समस्या, रिकभर गर्ने प्रयास
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ। उनको सचिवालयका अनुसार पेजमा समस्या आएपछि अहिले त्यसलाई पुनःप्राप्त (रिकभर) गर्ने प्रयास भइरहेको छ।
सचिवालयले जानकारी दिँदै भनेको छ, “पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज रिकभर गर्ने प्रयास जारी रहेको छ।” पछिल्लो समय नेपालका चर्चित फेसबुक पेजहरूमा यस्ता समस्या देखिने क्रम बढेको छ।
यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज पनि हटेको थियो।







