पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

काठमाडौ । कपिलवस्तुमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी सडकखण्ड अन्तर्गत पिप्ररहवामा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको स्कार्पियो अनियन्त्रित भएर सडक किनारमा रोकिएको ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्कार्पियो अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।