आज मनोहराका सुकुम्वासी बस्ती हटाइँदै

User Image Prime TV News एक महिना अगाडि
Image of आज मनोहराका सुकुम्वासी बस्ती हटाइँदै

काठमाडौ । सरकारले आज काठमाडौं उपत्यकाको मनोहरा क्षेत्रका सुकुम्वासी बस्ती हटाउने तयारी गरेको छ। बिहान ९ बजेदेखि डोजर लगाएर बस्ती खाली गराइने तयारी गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

मनोहरा क्षेत्र बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा राखिएको छ। सम्भावित विरोधलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसअघि शनिबार थापाथली र गैरीगाउँका बस्ती खाली गराइएको थियो। मनोहरामा पनि त्यही दिन हटाउने प्रयास भए पनि स्थानीयको विरोधपछि काम रोकिएको थियो। आज भने सरकारले पुनः बस्ती हटाउने तयारी गरेको हो। गोठाटार बुद्धचोक र मनोहरा टोलका बस्ती लक्षित गरिएको छ।

सरकारले अतिक्रमण हटाउने अभियान जारी रहने बताएको छ। साथै वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।