मनोहरा बस्ती हटाउन खोज्दा झडप, स्थानीयको विरोध

User Image Prime TV News एक महिना अगाडि
Image of मनोहरा बस्ती हटाउन खोज्दा झडप, स्थानीयको विरोध

काठमाडौ । भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती हटाउन पुगेको सरकारी टोलीलाई स्थानीयले विरोध गरेका छन्। शनिबार साँझ डोजर पुगेपछि स्थानीयले ढुंगामुढा गरेपछि केहीबेर तनाव भएको छ।

नगर प्रहरीका अनुसार आज बस्ती हटाउने काम सुरु गर्ने प्रयास गरिएको थियो। तर विरोध भएपछि काम रोकिएको छ। अब आइतबार बिहानदेखि फेरि अभियान चलाइने बताइएको छ।

विरोधका क्रममा डोजरमाथि ढुंगा प्रहार भएको थियो। बस्ती हटाउने विषयमा स्थानीय असन्तुष्ट देखिएका छन्। यसैबीच समाचार संकलन गर्न पुगेका पत्रकार कमल प्रसाईमाथि पनि आक्रमण भएको छ। स्थानीयको आक्रमणबाट उनलाई सामान्य चोट लागेको जनाइएको छ।

यसअघि काठमाडौका अन्य दुई सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्ण रूपमा खाली गराएको थियो। तर मनोहरामा भने विरोधका कारण अवस्था तनावग्रस्त बनेको छ।