थापाथलीमा सुकुम्बासी बस्ती हटाउने काम सुरु, अवरोध बिना डोजर चल्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने काम शनिबार बिहानदेखि सुरु भएको छ। बिहान साढे ८ बजेदेखि प्रहरीको सुरक्षा घेरामा डोजर चलाएर बस्ती हटाउन थालिएको हो।
बस्ती हटाउने क्रममा हालसम्म कुनै अवरोध वा प्रदर्शन भएको छैन। शुक्रबार विरोध प्रदर्शन भए पनि शनिबार स्थिति शान्त देखिएको छ। धेरै सुकुमबासीले आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ लगेका छन्। सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाएर संरचना भत्काउने काम भइरहेको छ।
सरकारले वास्तविक सुकुमबासीलाई तत्काल पाँच स्थानमा व्यवस्थापन गर्ने जनाएको छ। बस्ती हटाउनेसँगै उनीहरूको बसोबास व्यवस्थापनको काम पनि अघि बढाइने बताइएको छ। थापाथलीमा बस्ती हटाउने काम शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ ।







