सुकुम्बासीको दीर्घकालीन समाधान गर्न उज्यालो नेपाल पार्टीको माग

User Image Prime TV News एक महिना अगाडि
Image of सुकुम्बासीको दीर्घकालीन समाधान गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौ । काठमाडौ उपत्यकाका नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरूको उचित व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी ले सरकारसँग माग गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले बसोबास नागरिकको मौलिक अधिकार भएको भन्दै वास्तविक सुकुम्बासीलाइ बेवास्ता गर्न नहुने बताएको छ। पार्टीले उनीहरूको दीर्घकालीन बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा सुकुम्बासी समस्या मानवअधिकार, सामाजिक न्याय र मानवीय मर्यादासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरिएको छ। पार्टीले यो समस्या बल प्रयोगबाट होइन, संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएको छ।

साथै सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई मिलेर समाधान खोज्न आह्वान गरेको छ। उज्यालो नेपाल पार्टीले सुकुम्बासी हटाउने मात्र नभई उनीहरूको भविष्य सुरक्षित हुने गरी दीगो समाधान गर्नुपर्नेमा जोड दिएको छ।