नेप्से परिसूचक झिनो अंकले बढ्यो, ५ अर्बभन्दा बढी कारोबार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य रूपमा बढेर बन्द भएको छ। अघिल्ला चार दिन लगातार घटेको बजार आज १.५४ अंकले बढ्दै २७८८.७० विन्दुमा पुगेको हो।
आजको कारोबारमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ कम्पनीको मूल्य बढेको छ। १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स ०.२० अंकले घटेर ४८६.०७ विन्दुमा पुगेको छ। १३ उपसूचकमध्ये ७ वटा घटेका छन् भने ६ वटा बढेका छन्।
बजार सामान्य अंकले बढे पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आज ३५१ कम्पनीका १ करोड २१ लाखभन्दा बढी कित्ता सेयर ७५ हजारभन्दा बढी पटक किनबेच भएको छ। आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।







