संसद अधिवेशन स्थगनप्रति प्रदीप पौडेलको आपत्ति, सरकारमाथि प्रश्न
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद अधिवेशन सुरु भएको केही समयमै स्थगित गरिएको विषयमा आपत्ति जनाएका छन्। उनले यस निर्णयले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।
पौडेलले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संसदलाई विश्वासमा नलिएर सरकारले अध्यादेशको बाटो रोज्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। बहुमतको सरकार हुँदा पनि यस्तो निर्णय किन गरियो भन्ने प्रश्न उनले उठाएका छन्।
उनका अनुसार लोकतन्त्रमा विधि र प्रक्रिया पारदर्शी हुनुपर्ने भन्दै प्रक्रिया छलेर निर्णय गर्नु गलत अभ्यास हुने उनले टिप्पणी गरेका छन्। महामन्त्री पौडेलले सरकारलाई संसदलाई पूर्ण रूपमा विश्वासमा लिएर पारदर्शी रूपमा काम गर्न आग्रह गरेका छन्।







