चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता

काठमाडौ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । चेन्नईको जितको नायक कप्तान सन्जु सामसन रहे । उनले मात्र ५४ बलमा अविजित १०१ रनको शतकीय इनिङ्स खेले । आफ्नो पारीमा उनले मुम्बईका बलरहरूलाई निरिह बनाएका थिए ।

२०८ रनको लक्ष्यसहित मैदान उत्रिएको मुम्बईको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो । चेन्नईका बलरको सटिक बलिङ र चुस्त फिल्डिङसामु मुम्बईका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । मुम्बईका लागि कुनै पनि ठूलो साझेदारी बन्न सकेन र टोली १०४ रनमै अलआउट हुन पुग्यो ।

ब्याटिङमा शतक प्रहार गर्नुका साथै दुईवटा क्याच समेत लिएका सन्जु सामसन ‘प्लेयर अफ द म्याच’ बने । यो जितसँगै चेन्नई चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ । खराब लय जारी रहेको मुम्बई अहिले तालिकाको आठौँ स्थानमा छ ।