सङ्घीय संसद्को अधिवेशन स्थगित

User Image Prime TV News एक महिना अगाडि
Image of सङ्घीय संसद्को अधिवेशन स्थगित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्। यसअघि वैशाख १७ गतेका लागि अधिवेशन बोलाइएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिफारिसपछि अधिवेशन स्थगित गरिएको हो।

सरकारले वैशाख १० गते राष्ट्रपतिको कार्यालयमा पत्र पठाउँदै अधिवेशन रोक्न आग्रह गरेको थियो। यसअघि सरकारले वैशाख ९ गते सिफारिस गरेपछि राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारले आफ्नो निर्णय परिवर्तन गर्दै अधिवेशन स्थगित गर्न सिफारिस गरेको हो।

सरकारले पठाएको पत्रमा “विशेष कारण” देखाउँदै अधिवेशन स्थगित गर्नुपर्ने उल्लेख गरिएको छ। तर ती कारणहरू सार्वजनिक गरिएको छैन। राष्ट्रपतिको सचिवालयका अनुसार नयाँ मिति भने तोकिएको छैन। अब संसद् अधिवेशन कहिले बस्ने भन्नेबारे अन्य निर्णय पछि हुने बताइएको छ।