सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः  प्रहरी महानिरीक्षक कार्की

काठमाडौ । नेपालमा साइबर अपराधका घटना बढ्दै गएको पाइएको छ। नेपाल प्रहरी ले यस्तो जानकारी दिएको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मोबाइल र इन्टरनेट प्रयोग बढेसँगै साइबर बुलिङ, अनलाइन ठगी र ह्यारेसमेन्टका घटना पनि बढिरहेका छन्।

बिहीबार संसदीय समितिको बैठकमा उनले विशेषगरी महिला र युवावर्ग यस्तो अपराधबाट बढी प्रभावित भइरहेको बताए। प्रहरीका अनुसार हालसम्म १० हजारभन्दा बढी वित्तीय अपराधका उजुरी दर्ता भएका छन्। त्यस्तै ४ हजारभन्दा बढी फेक एकाउन्टसम्बन्धी उजुरी र ३ हजारभन्दा बढी साइबर बुलिङ तथा ह्यारेसमेन्टका घटना दर्ता भएका छन्।

आईजीपी कार्कीले सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या भइरहेको बताए।  प्लेटफर्महरू नेपालमा दर्ता नभएकाले प्रयोगकर्ताको विवरण पाउन र आपत्तिजनक सामग्री हटाउन ढिलाइ हुने गरेको उनले बताए। हाल टिकटक र  भाइवर जस्ता केही प्लेटफर्म मात्र नेपालमा दर्ता भएका छन्। तर फेसबुक, इन्टा र  ह्वाट्सएप जस्ता लोकप्रिय प्लेटफर्म दर्ता नभएकाले समस्या बढेको छ।

प्रहरीका अनुसार प्रयोगकर्ताको विवरण लिन २०–२५ दिनसम्म लाग्ने गरेको छ भने गम्भीर घटनामा भने छिटो जानकारी आउने गरेको छ। प्रहरीले साइबर अपराध नियन्त्रणका लागि कानुन बलियो बनाउन र सामाजिक सञ्जालसँग सहकार्य बढाउन आवश्यक रहेको जनाएको छ।