काठमाडौंको हावा अत्यन्तै प्रदूषित, स्वास्थ्यमा जोखिम

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंको हावा अत्यन्तै प्रदूषित, स्वास्थ्यमा जोखिम

काठमाडौ । काठमाडौमा वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ।

आज बिहान ११ बजे एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ मापन गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २०१ देखि ३०० बीचको एक्यूआईलाई ‘अति अस्वस्थकर’ मानिन्छ। यस्तो अवस्थामा सबै उमेर समूहका मानिसको स्वास्थ्यमा असर पर्न सक्छ।

हाल काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये दोस्रो स्थानमा रहेको छ। एक्यूआई १०१ देखि १५० भएमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर हुन्छ। १५१ देखि २०० पुगेपछि सबैका लागि हानिकारक मानिन्छ।

विशेषज्ञहरूले यस्तो अवस्थामा सकेसम्म घरभित्र बस्न, मास्क लगाउन र बाहिरको गतिविधि कम गर्न सुझाव दिएका छन्।