बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल थुनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बलात्कारको आरोप लागेका नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो। मल्लविरुद्ध एक महिलाले दिएको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।
उनलाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उजुरी दिने महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन्। सोही क्रममा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको उनको आरोप छ।
अदालतको आदेशपछि अब मल्ल मुद्दाको अन्तिम निर्णय नआउँदासम्म थुनामै रहने भएका छन्।







