होर्मुज जलमार्गमा कन्टेनर जहाजमाथि आक्रमण, चालक दल सुरक्षित

User Image Prime TV News एक महिना अगाडि
Image of होर्मुज जलमार्गमा कन्टेनर जहाजमाथि आक्रमण, चालक दल सुरक्षित

काठमाडौ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नौसेनाले होर्मुज जलमार्ग नजिक एक कन्टेनर जहाजमाथि आक्रमण गरेको छ। युके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल माइल दूरीमा भएको हो।

रिपोर्टअनुसार, इरानी गनबोटले कुनै चेतावनी नदिई जहाजमाथि गोलीबारी गरेको थियो। आक्रमणबाट जहाजको ब्रिज (कमान्ड सेन्टर)मा क्षति पुगेको छ। तर, जहाजमा रहेका सबै चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ। साथै, कुनै आगलागी वा वातावरणीय जोखिम पनि देखिएको छैन।

सम्बन्धित निकायका अनुसार, गनबोट जहाज नजिक आएपछि सीधै आक्रमण गरेको थियो। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा भएको यस घटनाले समुद्री सुरक्षाबारे चिन्ता बढाएको छ।