रियाल मड्रिडले ला लिगामा डिपोर्टिभो अलाभेज विरुद्ध २–१ को जित

User Image Prime TV News एक महिना अगाडि
Image of रियाल मड्रिडले ला लिगामा डिपोर्टिभो अलाभेज विरुद्ध २–१ को जित

काठमाडौ । रियाल मड्रिडले ला लिगामा डिपोर्टिभो अलाभेज विरुद्ध २–१ को जित हासिल गरेको छ।

सान्तियागो बर्नबेउमा भएको खेलमा रियालका केलियन एम्बापेले पहिलो गोल गरे। त्यसपछि भिनिसियस जुनियरले अर्को गोल थपे। डिपोर्टिभोका टोनी मार्टिनेज ले अन्तिम समयमा एक गोल फर्काए पनि टोलीलाई बचाउन सकेनन्।

यस जितसँगै रियालले ३२ खेलबाट ७३ अंक बनाएको छ र दोस्रो स्थानमा छ। डिपोर्टिभो भने ३३ अंकका साथ १७औँ स्थानमा रहेको छ। रियालले जितसँगै शीर्ष स्थानतर्फको प्रतिस्पर्धा कायम राखेको छ भने डिपोर्टिभो अझै पनि तल झर्ने खतरा भोगिरहेको छ।