गगन थापा र प्रचण्ड बिच भेटवार्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल बीच मंगलबार साँझ भेटवार्ता भएको छ।
भेट प्रचण्ड निवासमा भएको हो। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार भेटमा देशको वर्तमान राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको छ।
प्रतिनिधिसभा निर्वाचनपछि यी दुई नेताबीच पहिलो पटक भेट भएको हो। यसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण भेटका रूपमा हेरिएको छ।
पछिल्लो समय बदलिँदो राजनीतिक परिस्थिति बीच शीर्ष नेताहरूबीचको यस्तो भेटले आगामी निर्णय र सहकार्यको दिशा तय गर्न भूमिका खेल्न सक्ने देखिन्छ।







