आज शेयर बजारमा दोहोरो अंकको गिरावट, १७ दशमलव ९१ अंकले घटेर २,८०७ को विन्दुमा

User Image Prime TV News एक महिना अगाडि
Image of आज शेयर बजारमा दोहोरो अंकको गिरावट,  १७ दशमलव ९१ अंकले घटेर २,८०७ को विन्दुमा

काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ९१ अंकले घटेर २,८०७ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावर कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १४ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।